ज्ञानकाजी तामाङ
“तपाईले प्रश्न सोधेको कि वक्तव्य जारि गरेको? नेपालमा टेलिभिजन ईन्टरभ्युको यो स्टाईल होईन हामीलाई थाहा छ हाम्रो साथि को हो? तपाईले भन्नु पर्दैन । चीनले यस्तो ग¥यो यस्तो गरेन, मैले के गर्नूपर्छ, के गर्नुहुदैन भन्ने कुरा तिमीले भन्ने होईन । चीन नेपालको मित्र हो र भारत पनि नेपालको मित्र हो”। यो वाक्य बुधवार भारतीय च्यानल रिपब्लिकाको “दि डिबेट” कार्यक्रमका प्रस्तोता अर्णव गोस्वामीलाई दिएको नेपाली कांग्रेका नेता तथा पुर्व मन्त्री मिनेन्द्र रिजालको ठाडो जावाफ हो । नेपाल र भारतको सिमा विवादलाई लिएर बिगत केहि समय देखि लगतार रुपमा भारतिय सञ्चारमाध्यमहरुले अर्नगल, भ्रमक खालको विषय बनाएर पत्रकारिताको आधारभुत सिद्धान्तको धज्जी मात्रै उडाएको छैन दुई देशको सम्बन्धलाई समेत बिगार्न खोजेको देखिन्छ ।
अधिकांश भारतिय संचार माध्यामको कार्यक्रम हेर्ने हो भने दोस्रो विश्वयुद्धाको बेला जर्मनी र विभिन्न राष्ट्रहरुले प्रयोग गर्ने “प्रोपोगान्डा सिद्धान्त” को प्रयोग गरेर जनतामा भ्रम श्रृजना गर्न खोजिरहेको स्पष्ट देख्न सकिन्छ । नेपालले आफुसँग पर्याप्ता प्रमाण सहित महाकाली नदिको मुहान लिम्पियाधुरसम्मा नेपालको सिमाना हो भनेर राजनीतिक नक्सा जारि गर्दा सो प्रमाणको बारेमा अनुन्धान, सोधखोज र प्रमाणीकरण गर्नुृको साट्टो चिनको उक्सावाटमा नेपालले ठुलो स्वर गरेको भन्ने खालको तर्कहिन, अर्नगल र भ्रमक खालको विषयहरुको प्रसारण गरिरहेको छ ।
उनिहरुको सञ्चार माध्यममा प्रसारण भइरहेको अहिलेको कार्यक्रमहरु हेर्ने हो भने भारतले कालापानी दावि गर्न सक्ने कुनैपनि आधार देखिदैन । नेपाल र भारतको राजनितिककर्मी तथा संञ्चारकर्मी सम्मिलित उक्त भिडियो कन्फेरेन्समा कार्यक्रम प्रस्तोता गोस्वामीले अर्थहिन विषयहरुको प्रवेश गराएर नेपालीलाई भ्रम सिर्जना गर्न खोजेको कुरा स्पष्ट हुन्छ । गोस्वामीले नेपाली सहभागी रिजाललाइ आफ्नो प्रभावमा पार्नको लागि चिन नेपालको मित्रता हुन नसक्ने, चिनले राम्रो नगर्ने, चीनले विश्वमा धोका दिईरहेको, नेपाल चीनको प्रभावमा परेको र चीनको पक्षमा लागेर नेपाल भारतको बिरोधमा उत्रिएको भन्ने भुमिका सुनाउदै प्रश्न सोधेको थियो । भने रिजालले कार्यक्रमको सुरुमै गोस्वामीलाई पत्रकारीताको पाठ सिकाएको थियो ।
उनले स्पष्ट रुपमा नेपालको सम्पूर्ण राजनितिक दल तथा नेपाली जनता सिमा विवाद र कालापानीको बिषयमा नेपाल सरकारको पक्षमा रहेको बताउदै , अगाडी भने “हामी द्धिपक्षीय संवादबाट विवादको समधन गर्न चाहन्छौ तर यो पनि भन्छु ,हामीले हाम्रा प्रमाणहरु राख्ने छौ, भारत सरकारले पनि आफ्न तर्फबाट प्रमाणहरु राख्न सक्छ दुबै पक्षाहरु संवादमा बस्न आवश्वक छ । ” रिजालको जवाफले बोल्ती बन्द भएपछि सञ्चालकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कोभिड १९ को विषयमा गरेको टिप्पनीलाई लिएर विषयलाई अन्त मोड्न खोजेको देखिन्छ ।
त्यसैगरी भारतीय अर्काे च्यानल “जि न्युजले” ले पनि नेपाली मुलको बलिउड नायिका मनिष कोईरालाको अभिव्यक्ती लाई लिएर दिनभरि चर्चा परिचर्चा गरिरहे आक्रमक रुपमा भारतमा रहेको नेपाली मुलको नागारिक हरुमाथि नियोजित ढंगाले निरन्तर रुपमा घोचपेच मात्रै गरिरहेको छैन साम्प्रदायिक हिंसा भड्काउन सक्ने खालको उत्तेजित खालको समेत अभिक्ति दिईरहेको पाईन्छ । नेपालको विषयमा मात्रै हैन भारतीय सञ्चार माध्यमहरुले भारत सँग सिमान जोडिएको हरेक मुलुकको बारेमा यस्तै खाले भ्रमक खालको समचारको प्रसारण गरिरहन्छन । केहि समय अगाडी जम्बूकश्मिरको विषयमा पाकिस्तान सँग होस वा दोक्लाम बिबादलाई लिएर चिन सँग नै किन नहोस यस्तै खालको बिबादित र भ्रमपुर्ण अभिव्यक्ति भारतीय संचार माध्ययमा आएको थियो । आखिर किन गर्छन् त भारतीय सञ्चार माध्यामले बिरोध ??

