जेठ ७, काठमाडौँ । नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लक डाउनको समयमा आफ्नो घरभित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको छ ।
कम्तिमा १ मिनेट समय भन्दा माथिको भिडियो कराते नेपाल भन्ने ग्रुपमा पोष्ट गरेर सहभागिता जनाउन सकिने उक्त प्रतिस्पर्धा बैशाख २० गते बाट शुरु भई जेठ ५ गते सम्म चलेको थियो। अभियानमा ६५ जना ब्यक्तिहरुले सहभागिता जनाएका थिए । ती मध्ये उत्कृष्ट ३ भिडियोहरुले क्रमशः प्रथम, द्वितिय र तितृयले जनही रु ५०००, २५००, र १५०० रुपैयाँ नगद जित्न सफल भएको छ ।
बिक बहादुर थामीको भिडियो प्रथम, हिक्मत रोक्का मगरको भिडियो द्वितिय,र शान्ती तामाङको भिडियोले तृतीय पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिता नेपाल कराते महासंघ महासचिव, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हरिशरण के.सीको विशेष निर्देशनमा आयोजना गरिएको थियो। भिडियो प्रतिस्पर्धा जित हारको लागि भन्दा पनि हामी हाम्रो स्वास्थ्यप्रति कतिको सचेत छौ, हामीले जानेका शारीरिक ब्यायामको अभ्यास परिवारका सदस्यहरु माझ कसरी सिकाउन सक्छौं भन्ने उदेश्यले गरिएको उनको भनाई छ ।
उक्त अभियान नेपाल वादोरियो कराते डो संघका केन्द्रिय सदस्य एबम अन्तर्राष्ट्रिय खेलाडी सिमोन खत्री र ब्ल्याक बेल्ट कमिटीका सचिब पुरुषोत्तम पोखरेलले संयोजन गरेका थिए। त्यस प्रकारका प्रतिस्पर्धाले लक डाउनको बेला ट्रेनिङ स्थलसम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीहरुको मनोबल उच्च पार्ने हुँदा आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरु गर्दै जाने कुरा संयोजक पोखरेलले बताए।

