नेपालमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५ पुग्यो

जेठ २, काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या २९५ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, मोरङको विराटनगरनिवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यअवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.