थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल २५८ पुग्यो

जेठ २, काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएकने छ ।

योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.