जिल्ला प्रशासनले जारी गरेका पास खारेज, नियामक निकायको मान्य

जेठ १, काठमाडौँ । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ ।

साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ । गृहमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको कुरा गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोही अनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने स्पष्ट गर्नुभयो ।

अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.