बैशाख ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखाउँदै पत्रकार प्रवेशमा कडाइ गरेको हो । अब मन्त्रालयमा कसलाई भेट्ने हो त्यो मानिसलाई कुरा गरेर कन्फर्म गरेपछि मात्रै मन्त्रालयमा छिर्न पाइनेछ ।
मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए । उनले भने, “कोरोना संक्रमण बढेसँगै काठमाडौंमा पनि कोरोना संक्रमण देखिएपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो ।” उनले भने कोरोना जोखिम बढेको छ तर मन्त्रालयमा आउने संख्या नघटेपछि प्रवेशमा कडाइ गरिएको जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्ने उच्च अधिकारीहरूको बैठकले निर्णय गरेको छ ।

