जेठ १ देखि लकडाउन कडा पार्न सरकारको निर्देशन

बैशाख ३१, काठमाडौं । सरकारले जेठ १ गतेदेखि देशभर लकडाउन थप कडा पार्ने निर्णय गरेको छ ।

पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सरकारले लकडाउन थप कडा पार्न निर्देशन दिएको हो । अब देशभरबाट काठमाडौं उपत्यकामा प्रवेश गर्न जिल्ला प्रशासनको अनुमतिले पाइने छैन । त्यसका लागि गृह मन्त्रालयबाटै छुट्टै पास लिनुपर्नेछ । गृह मन्त्रालयको स्वीकृति बीना कुनै पनि सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइने छ ।

पासको निवेदन दिँदा आउनु र जानुको कारण खुलाउनुपर्ने पर्नेछ । गृहमन्त्रालयका अनुसार बिहिबारबाट लागू हुने गरी यसअघि वितरण गरिएका सवारी पास समेत खारेज गरिएको छ । त्यस्तै अब एक जिल्लाबाट अर्को जिल्ला अ‌ाउन जान दुई वटै जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा भने यो नियम लागू नहुने उल्लेख गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.