बैशाख २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ ।
यसअघि बैठक बुधबार बसेको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो । ३ घण्टा बसेको बुधबारको सचिवालय बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि बैठक आज बस्ने गरि सकिएको थियो । सरकारले अध्यादेश जारी तथा फिर्ता गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

