स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब २५ हजार

बैशाख १९, मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब २५ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा २८१ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या २४ हजार ८२४ पुगेको हो । बिहीबार भने २६१ जनाको मृत्यु भएको थियो । बिहीबारको तुलना शुक्रबार स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १५ हजार पुगेको जनाएको छ ।

स्पेनमा हाल लकडानलाई चार चरणको खुला गरिने घोषणा गरिएको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ुनयाँ तरिकाको सामान्य जीवनमा फर्किनेु बताएका छन् । – बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.