स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित यादव पक्राउ

बैशाख १८, पर्सा । पर्सामा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

वीरगन्ज महागरपालिका १६, रजतजयन्ती चोकबाट इनर्वागाउँका २९ वर्षीय लालबाबु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगन्जतर्फ जाँदै गरेको ना।६२प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा यादवलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.