काठमाण्डौ । हामीले आजदेखि तिन दिनको मौसम कस्तो रहने ? मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसारको खबर छ । हावाहुरी ,पानी र असिना पर्ने सम्भावना छ । आज दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने बदली हुँदै घाम लाग्नेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
बैशाख १ ७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १ ८ गते (विहिबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १ ९ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

