बैशाख १६, काठमाडौँ । गोर्कणेश्वर नगरपालिका वडा नं.–४ उत्तरवाहिनीमा रहेको शुभकामना स्कूले पनि एक साता भन्दा अगाडी देखि आफना् नानीहरुलाई अनलाइन मार्फत क्लास लिन शुरु गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ का कारण नेपालका सम्पूर्ण विद्यालयहरु गत चैत्र ६ गते देखि वन्द रहेका छन्। सरकारले लकडाउनको अवधि वैशाख २५ सम्म विस्तार गरेको छ । यो समयमा दिनको केहि समय शिक्षकहरु संग वालवालिकालाई इन्टरनेटको माध्यम द्धारा जोडेर कक्षा लिन शुरु गरेको छ ।
फेसबुक , भाइबर तथा जुम क्लाउड मार्फत गरिएको विद्यालयका प्रिन्सिपल सुमित्रा धिमालले जानकारी दिईन् । लकडाउन लगत्तै विद्यालय खोल्ने संभावना कम भएकोले लामो समयसम्म वालिवालिकालाई शिक्षक र पढाइवाट टाढा राख्दा समस्या आउने संभावना भएकोले विद्यालयले यो उपाय अपनाएको उनले बताईन् । सरकारले पनि वैकल्पिक उपाय अपनाउन अनुरोध गरेकोले विद्यालय यता तर्फ अग्रसर रहेको छ ।
मन्टेश्वरी शिक्षणद्धारा पढाई हुने गोकर्णेश्वरको नमुना विद्यालयको रुपमा रहेको यस विद्यालयमा नर्सरी देखि कक्षा दुई सम्म सञ्चालन हुंदै आएको छ ।

