भक्तपुरमा काभ्रे खानीखोलाका मजदुरलाई राहत

बैशाख १६, भक्तपुर । कोभिड–१९ का कारण लकडाउनमा परेको बेला समस्यामा परेका मजदुरलाई सहयोग उपलब्ध गरेको छ ।

भक्तपुर जिल्ला स्थित चाँगुनारायण नगरपालिकामा विभिन्न क्षेत्रमा मजदुर गर्दै आएका १५० जनालाई राहत वितरण गरेको हो । काभ्रेकै नेपाली काँग्रेसका नेता तथा समाजसेवी दोर्जेमान जिम्बाको पहलमा अर्का युवा नेता गणेश लामा, नेता सार्कीमान लामा र युवा व्यवसायी जीवन लोप्चनले आज काभ्रे खानीखोला गाउँपालिकाबाट भक्तपुर आई ज्यालामजदुरी गर्दै आएका उनीहरुलाई रातत वितरण गरेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं. १ का अध्यक्ष राजेश खड्काको समन्वयमा दाल, चामाल, नुन, तेल लगायत विभिन्न खाद्यन्न सामाग्री वितरण गरेका हुन् । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गर्नेहरुलाई निकै गारो भइरहेको बेला जिम्बाको नेतृत्वमा सहयोग पाउँदा मजदुरहरुले निकै खुसी व्यक्त गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.