रौतहटमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

बैशाख १६, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको कोभिड–१९ का संम्रमित थपिने क्रम जारी रहेको छ ।

रौतहटमा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।लकडाउनको समयमा भारतबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

वृन्दावन नगरपालिका– ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। यो सँग्रै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.