किशोरी मृत फेला

बैशाख १६, बैतडी । बैतडीको तल्लोस्वराडमा एक किशोरी सोमबार मृतावस्थामा फेला परेकी छन् । शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महर मृत फेला परेकी हुन् ।

शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता गाउँपालिका–२ स्थित दोगडाखोलामा मृतावस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । उनले भने, “गीताको खोलाले बगाएर अर्थात् के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन ।”घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.