अलपत्रमा परेका नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश

बैशाख ५, काठमाडौं । सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्‍याइदिन सरकारलाई आदेश गरेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

उनीहरुलाई सुरक्षाको उपाय अवलम्बन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी नि:शुल्क रुपमा गन्तव्यमा पुर्‍याउन आदेश गरिएको छ ।

लकडाउनका कारण मानिसहरु पैदलै हिँडेर गन्तव्यतर्फ लागेका छन् । उनीहरु गाडी नचल्दा अहिले अलपत्र परिरहेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.