अदालतले विदेशमा रहेका नेपालीको प्रवेशाज्ञा समाप्त वा राहदानीको म्याद समाप्त भएका कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिक रहेको मुलकसँग समन्वय गरी नेपालीलाई विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।
अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले सो आदेश जारी गरेको हो ।रासस

