लकडाउनको समय लम्बिएसँगै पासको म्याद पनि स्वतः थप हुने

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी आवागमन पास लकडाउन अवधिभर मान्य हुने भएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा भिडभाड हुने भएकाले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने थप जोखिम हुने भन्दै यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको निर्देशनपछि काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मंगलबार सूचना जारी गर्दै विभिन्न मितिमा कार्यालयले सात दिन मान्य हुने सवारी पास जारी गरेको भए पनि सरकारले लकडाउनको समयावधि थपेकोले लकडाउन अवधिभर पास मान्य हुने उल्लेख गरेका छन् ।

सूचनामा उल्लेख गरिएको छ–‘पहेंलो रङको पास लकडाउन अवधिभर मान्य हुने व्यहोरा जानकारी गराइन्छ ।’

हेर्नुहोस पूरा सूचना

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.