न्यूयोर्कको चिडियाखानाको बाघलाई पनि कोरोना संक्रमण

चैत २४, न्यूयोर्क (अमेरिका) । न्यूयोर्कको ब्रङ्क्सस्थित एउटा बाघमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उक्त चारवर्षको नादिया नाम गरेकी पोथी मलेसियन बाघलाइ सुख्खा खोकी लागेको र सावधानीको लागि जाँच गरिएको वन्यजन्तु संरक्षण समाज ब्रङ्क्स चिडियाखानाले विज्ञप्तिमा जनाएको छ ।

कृषि मन्त्रालयको राष्ट्रिय पशु रोग सेवा प्रयोगशालाले उक्त जाँचको पुष्टि गरेको हो ।यूएसडीएका अनुसार बाघमा देखिएको यो पहिलो कोभिड १९ (कोरोनाभाइरस) को केस हो । यूएसडीएले भनेको छ, “केही बाघहरु र सिंहहरुमा श्वासप्रश्वासका समस्याका लक्षण देखिएका छन् । चिडियाखानाका कर्मचारीबाट बाघलाई कोरोनाभाइरस सरेको बुझिएको छ । उक्त बाघमा पहिलोपटक मार्च २७ मा लक्षण देखिएको थियो ।”

खानाको रुची घटाए पनि ब्रङ्क्स जू का बाघहरुलाई राम्रो हेरचाह भइरहेको हुँदा उनीहरु टाठा र फूर्तिला देखिएको विज्ञप्तिमा उल्लेख छ ।

वन्यजन्तु संरक्षण समाजको विज्ञप्तिमा भनिएको छ, “ठूला बिराला जातिका जन्तुमा यो रोग कसरी विकास हुन्छ भन्ने थाहा छैन तर फरक प्रजातिमा यो संक्रमणले फरक किसिमबाट प्रतिक्रिया दिन्छन् तर हामी उनीहरुलाई नजिकबाट मूल्यांकन गर्दा र पूर्णरुपमा ठिक हुने अपेक्षा गर्छाैँ ।”

न्यूयोर्कमा कोभिड १९ का बिरामीहरु बढ्नासाथ ब्रङ्क्स चिडियाखाना गत मार्च १६ देखि बन्द छ । घरपालुवा जन्तुमा कोरोना भाइरस देखिएका उदाहरण नभएको सीडीसीले जनाएको छ ।

गत फेब्रुअरीको अन्तिम सातामा हङकङको एउटा कुकुरलाई कोरोनाभाइरस देखिएको पुष्टि भएको थियो । विश्व स्वास्थ संगठनले कुकुर ठिकै रहेको र कुनै लक्षण नदेखिएको बताएको थियो ।

चारवर्षकी मलेसियन बाघ नादिया जसलाई कोरोना भाइरस देखिएको छ । तस्बिर : ब्रङ्क्स चिडियाखाना, न्यूयोर्क

रोयटर्सबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.