नायक पल शाहद्वारा पाँच लाख रुपैयाँ सहयोगको घोषणा

चैत २१, काठमाडौं । नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् । पलले आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् ।

यसअघि आजै हास्य कलाकार दीपकराज गिरी र उनको समूहले चलचित्र प्राविधिकका लागि एक लाख १० हजार रुपैयाँ सहयोग गरेका थिए । केही दिन अगाडि बलिउड सुपरस्टार सलमान खानले २५ हजार भारतीय चलचित्र प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.