एनसेलले तिर्यो पूँजीगत लाभकर बापत चार अर्ब ६० करोड

चैत १८, काठमाडौं । एनसेलले आफ्नो शेयर स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयलाई मङगलबार तिरेको छ ।

मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

एनसेलले तिर्नु पर्ने कूल २२ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत लाभ कर निर्धारण भएको थियो । यसमध्ये यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन लगत्तै तिर्न आग्रह गरिएको छ । यसअघि एनसेलले ५ किस्ता माग गरेको थियो तर ठूला करदाता कार्यालयले सो प्रस्ताव स्वीकृत गरेको थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.