दोलखामा कोरोनाका शंकास्पद ५ जनाकै रिपोर्ट नेगेटिभ

प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकामा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए ।

स्थानीय तहमा एम्बुलेन्स तयारी

कोरोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहले विभिन्न ठाउँमा ५९ शैयाको आइसोलेसन निर्माण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ५९ शैयाको आइसोलेशन र २१० क्वारेन्टाइन निर्माण गरिएको बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाका लागि लगाउने पिपीइ ४८ थान, थर्मलगन २० थान रहेको र २७ एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए।

स्थानीय तह अन्तर्गत गौरीशङ्कर गाउँपालिकाले छ शैया, शैलुङले आठ शैया, कालिन्चोक र तामाकोशीले पाँच÷पाँच शैया, वैत्येश्वरले दुई शैया, विगुले १० शैया र जिरीले दुई शैया आइसोलेसन निर्माण गरेको छ । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पताल च्छोरोल्पा अस्पतालले छ शैया, दोलखा सामुदायिक अस्पतालले दुई शैया र धुलिखेल अस्पतालले पाँच शैयाको आइसोलेसन निर्माण गरेका छन् ।

आइसोलेशन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यकताहरुको ठाउँहरुमा समन्वय गरी औषधि उपकरणहरु व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताए ।

तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण र स्वास्थ्यकर्मी उपलब्ध गराउनाका साथै नागरिकलाई सचेतना लगायतका काम भइरहेको बताए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.