चैत १०, काठमाडौं । सरकारले चैत्र ११ गते विहान ६.०० बजेदेखि १८ गते विहान ६.०० बजेसम्मका लागि अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि बाहिर निस्किन नपाउने निर्णय गरेको छ ।
त्यतै कुनै पनि सार्वजनि यातयात पनि चलाउन नपाउने आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको कुरा सोमबार सिंहदरवारमा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण नियन्त्रण समितिको बैठक पछि पत्रकारहरूलाई जनाकारी गराइयो ।
संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम सो निर्णय भएको कसैले उल्लङ्घन गरे सोही कानुन अनुसार कारवाही हुने पत्रकार सम्मेनलमा सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताउनुभयो ।

