अनावश्यक हल्ला फैलाए एक वर्ष जेल र १० हजार जरिवाना

यस्तो अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन् सक्ने प्रहरीले जनाएको छ । ‘सो सजायका अतिरिक्त विद्युतीय माध्यमको प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको दाबी गरिएको एक भ्रामक अडियो सामाग्री सामाजिक सञ्जाल मार्फत भाइरल बनेपछि प्रहरीले यस्तो चेतावनी दिएको हो । यद्यपि नर्भिक अस्पतालले भाइरल बनेको अडियो गलत भएको जनाएको छ ।

अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आरपी मैनालीले उपचाररत कुनै पनि विरामीमा कोरोना भाईरसको लक्षण नदेखिएको स्पष्ट पारे । उनले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको स्पष्ट पारे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.