देशमा बेथितिको अन्त्य गर्छाैं – प्रधानमन्त्री

असार २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएका छन ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट पारेका छन । सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको उक्त धारणा आएको हो ।

“हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्थै, जसले तीन वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिए आज उनीहरू अहिले अधिनायकवाद बेचिरहेका भएको छन,” प्रधानमन्त्री ओलीले भने, “हामी आलोचना सुन्छौँ र देशमा बेथिति अन्त्य गर्छौं । संसारका सबै देशमा जहाँ सुकै प्रदर्शन हुँदैनन् ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.