काभ्रेको पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

खानीखोला गाउँपालिका वडा न १ की ३३ वर्षीया जुनीमाया गोले र उहाँकी तीन वर्षीया छोरी स्मारिका गोलेलाई टिपरले सोमबार ४ बजे ठक्कर दिएर मृत्यु भएको विरोधमा आफन्त र स्थानीयले प्रर्दशन गर्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा हस्ताक्षरित आदेशमा सोमबार साँझ भएको प्रदर्शनमा पनौती बसपार्क क्षेत्रमा उत्तेजित भीडबाट तोडफोड, आगजनी, धनजनको क्षति भई डयूटीमा खटिएका प्रहरीमाथि समेत आक्रमण हुन थालेपछि जिल्ला सुरक्षा बैठकले विहान ९ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको छ ।

कर्फ्यु पूर्वतर्फ शंखु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटरसम्म त्यस्तै उत्तरतर्फ बनेपा जानेबाटो एक किलो मिटर ठाडोबाटो सम्म र दक्षिणतर्फ बेथानचोक गाउँपालिका जाने सडकको एक किलोमिटर भित्र लगाइएको छ ।
बा ५ ख ५४८० नम्बरको टिपरले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाईते हुनुभएको उहाँहरुलाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको थियो । तर डाक्टरले आमा छोरीलाई नै मृत घोषणा गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.