प्रदेश नंं २ को राजधानी तथा नामका विषयमा आज मतदान हुने

चैत ४, जनकपुरधाम । प्रदेश नंं २ को राजधानी तथा नामको विषयमा प्रदेशसभामा मंगलबार विहान ८ बजेदेखि मतदान हुने भएको छ ।

प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भए पनि प्रदेशको नामको विषयमा सहमती हुन नसक्दा यसको अन्तिम निर्णय लिन प्रदेशसभामा मतदान हुन लागेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए। प्रदेशको नामको विषयमा दलहरुका बीचमा मतभिन्नता रहेका कारण मंगलबार मतदान हुन लागेको उनले बताए ।

प्रदेश–२ को प्रदेशसभा सचिवालयमा दर्ता भएको राजधानी तथा नामको विषयमा मतदान हुने भएपछि दलहरुले आ-आफ्ना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरेका छन् ।

प्रदेश–२ को नामको बारेमा मतदानबाट निर्णय लिन दुई तिहाई मत आवश्यक भए पनि कुनै पनि दलसँग दुई तिहाई मत नभएकोले प्रदेशको नामको टुंगो लाग्ला कि नलाग्ला भन्न नसकिने नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतोले बताए।

प्रदेशको नाम राख्ने विषयमा समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी वा जनक प्रदेश तथा नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ ।गोरखापत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.