एसईई परीक्षामा विशेष सावधानी, अलग्गै हेल्थ डेस्क

चैत ३, काठमाडौं  । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ ।

अलग्गै हेल्थ डेस्क
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एसईई परीक्षा मर्यादित र भाइरसको सङ्क्रमणबाट समेत सुरक्षित बन(ाउनुपर्ने चुनौती आएको छ । त्यसमा आवश्यक काम भइरहेको जानकारी दिनुभयो । स्थानीय तथा प्रदेश सरकारसित समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीको सहयोगले विद्यार्थीको तापक्रम परीक्षण गरेर मात्रै परीक्षामा राख्ने प्रवन्ध मिलाउनुपर्ने कुरा बताउनुभयो । परीक्षा केन्द्रले यसको सम्पूर्ण व्यवस्था मिलाउने उहाँको भनाइ छ । एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यसपटक सबै प्रदेशमा गरेर एक हजार ९९४ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.