कोरोना विरुद्धको युद्ध जितौँ : होउ यान्छी

भूमण्डलीकरणको यो युगमा सम्पूर्ण मानव जाति नै एक गाउँरूपी पृथ्वीमा निवास गरिरहेका छन् । हरेक देशका जनताको भाग्य एकआपसमा झन्झन् नजिकबाट जोडिँदै गई एक अभिन्न समष्टि बन्न पुगेको छ ।

यसपटक अकस्मात् आएको नोबेल कोरोना भाइरसको महामारी चीनभित्र लामो कठिन प्रयासपछि क्रमशः नियन्त्रण हुँदै गएको छ तर दुर्भाग्यको कुरा, यही महामारी अन्य स्थानमा देखापरी विश्वभर पैmलिन थालेको हामी देख्दैछौँ ।
यसबाट सरुवा रोग, हावापानी परिवर्तन, वित्तीय सङ्कट आदि नयाँ खालका जोखिम कुनै देशको सीमाभित्र सीमित हुँदैन भन्ने चेतावनी हामीलाई पुनः प्राप्त भएको छ । विश्वको कुनै पनि एउटा देशले मात्र यसलाई व्यवस्थापन गर्न सक्दैन । चीनका राष्ट्रपति सी चिनफिङले भन्नु भए जस्तै ‘‘सम्पूर्ण मानव जाति नै एक साझा भाग्यको समग्र हो, हरेक देशका जनताको सुरक्षाका लागि जोखिमका रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो । ’’

रोगको महामारी फैलिन थालेदेखि नै चीन सरकारले सबैभन्दा प्रभावकारी कदम चाली महामारी नियन्त्रण गर्नुका साथसाथै महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहकार्यलाई पनि उच्च महìव दिएको छ । राष्ट्रपति सीले विश्व स्वास्थ्य सङ्गठन र अन्य देशसँग सम्पर्क बढाउन धेरै पटक निर्देशन दिनुभई महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य गर्न हामीलाई दिशानिर्देश गर्नुभएको थियो । हामीले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसस तथा विश्व स्वास्थ्य सङ्गठन र चीनको संयुक्त विशेषज्ञ टोलीलाई चीनमा आमन्त्रत गरी उहाँहरूलाई महामारीको अवस्था, महामारी नियन्त्रण गर्न गरिएका कार्य, चिकित्सा उपचार, वैज्ञानिक अनुसन्धानबारे सम्पूर्ण जानकारी गरायौँ ।
हामीले सबैभन्दा पहिले सम्पूर्ण जेनोम सिक्वेन्स, प्राइमर प्रोबको जानकारी पनि बाहिरी विश्वलाई दियौँ र विश्वभरका एक सयभन्दा बढी देश, १० भन्दा बढी अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थालाई महामारी नियन्त्रण तथा निदान एवं चिकित्सा उपचारका तरिका सम्बन्धी प्राविधिक कागजपत्र पनि प्रदान ग¥यौँ । चिनियाँ जनताको महामारी विरुद्धको युद्धमा नेपाल लगायतको अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रकारले हामीलाई धेरै बहुमूल्य सहयोग प्रदान गरी शान्ति र सङ्कटमा एकसाथ रहने साझा भावको समष्टिको भाव प्रस्तुत गरेको छ । कसैले मलाई एउटा आरु दिए म उनलाई ठूलो जेट दिएर मित्रता कायम गर्नेछु – यो एक प्राचीन चिनियाँ भनाइ हो । कोरोना भाइरस विश्वव्यापी रूपमा विस्तार हुँदै जान लागेको यो अवस्थामा हामीले अन्तर्राष्ट्रिय समुदायलाई आफूले सकेको सहयोग गर्न थालिसकेका छौँ ।

विकासशील देशको महामारीसँग जुध्ने शक्ति बढाउन चीनले विश्व स्वास्थ्य सङ्गठनलाई दुई करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ । हामीले पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान, अफ्रिकी युनियनलाई रोग परीक्षण कीट, मास्क, औषधि, प्रतिरोधात्मक वस्त्र आदि सहयोग स्वरूप प्रदान गरेको छौँ । त्यस्तै चिनियाँ रेडक्रस सोसाइटीले इरान, इराक, इटालीमा स्वयंसेवक चिकित्सक विशेषज्ञ टोली पठाएको छ । चिनियाँ चिकित्सकले इटाली, प्रशान्त महासागरीय टापु देश तथा अन्य देश र क्षेत्रका सहकर्मीसँग भिडियो वार्ता गरी उक्त रोगको उपचार र रोकथाम सम्बन्धी अनुभव बताएका छन् । हामीले यात्राको बेला रोगको रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशिका तयार गरी नेपाल र अन्य देशलाई प्रदान गरी संयुक्त प्रयासद्वारा रोगको अन्तर्राष्ट्रिय विस्तारलाई रोक्ने छौँ ।

एक्लै हुँदा कमजोर हुन्छ, धेरै एकसाथ हुँदा बलियो हुन्छ । रोगको महामारीमाथि विजय प्राप्त गर्न हामीले मानव जातिको साझा भाग्यको अवधारणालाई आत्मसात गरी सुखदुःखमा एकसाथ रहने, संयुक्त प्रयास गर्ने भावना जागृत गरी सहकार्यद्वारा प्रतिरोध हटाउने, दोहोरो जितद्वारा एक्लो स्वार्थपूर्ति विस्थापित गर्नुपर्दछ । सबै देशले विश्व स्वास्थ्य सङ्गठनको घेराभित्र रही आपसी सम्पर्क र समन्वय बढाउनुपर्दछ र संयुक्त रूपमा रोगको रोकथाम र नियन्त्रण गर्ने कार्य अघि बढाई आपसी सहयोगद्वारा रोगको महामारी विरुद्धको युद्धलाई अगाडि बढाउनुपर्दछ । विभिन्न देशको विकासको अवस्था र क्षमता एक समान छैन । तिनीहरूले बहन गर्नुपर्ने जिम्मेवारी पनि एक समान छैन । विकसित देशले आफ्नो पुँजी र विकसित विज्ञान प्रविधिको प्रयोग गरी विकासशील देशलाई सहयोग प्रदान गर्नुपर्दछ, विकासशील देशले पनि रोगको रोकथाम सम्बन्धी सार्वजनिक चेतनामा वृद्धि गर्नुपर्दछ, सार्वजनिक स्वास्थ्य सेवा व्यवस्थामा सुधार ल्याउनुपर्दछ । एक जिम्मेवार ठूलो देशका रूपमा चीनले आफ्नो देशको महामारी रोकथाम र नियन्त्रण गर्ने कार्यका साथसाथै लगातार अन्तर्राष्ट्रिय सहकार्य पनि बढाउँदै लैजानेछ र आफ्नो क्षमताले भ्याएसम्म अन्य देशलाई सहयोग प्रदान गर्नेछ र सम्बन्धित देशसँग औषधि, खोप, परीक्षण कीट आदि पक्षमा वैज्ञानिक सहकार्य पनि अगाडि बढाउने छ । हामीलाई विश्वास छ, हामीले एकसाथ एक मनले सहकार्य ग¥यौँ भने रोगको महामारी
विरुद्धको युद्ध अवश्य जित्नेछौँ र छिट्टै सुन्दर वसन्तको आगमन हुनेछ ।

(होउ यान्छी नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्छ । )

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.