फागुन २९, रोल्पा । रोल्पा जिल्ला स्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय गरेको छ ।
स्थानीय घाँसीले बुधबार थबाङ–३ टुटुमिरूल स्थित कुवारी जंगलमा बम फेला पारे पछि ईलाका प्रहरी कार्यालय घर्ती गाउँलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक शंकर खड्काले उत्तरी रोल्पास्थित प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको बम डिस्पोज गरिएको बताए ।
बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको खड्ग दलका सह सेनानी हेमन्त खड्काको टोलीले बम निस्कृय गरेको प्रहरीले निरीक्षक खड्काले बताए । सेनाको टोलीले आई एन।टी २ वटा , पि. के, ६ वटा र डेटकट ३ मिटर बम निस्कृय गर्न खर्च भएको छ ।
घाँसी स्थानीयले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको थियो । बोरामा ८० देखि ८५ वटा सकेट बम लाई दुईवटा खाल्टोमा राखेर डिस्पोज गरिसकेको र मानविय क्षति हुनवाट रोकियो ईप्रका घर्तीगाउँले जनाएको छ ।
प्रहरी निरीक्षक खड्काका अनुसार बम राखिएको दुई वटा बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । दरमुकाम लिबाङदेखि मिरुल करिब ५५ किलोमिटर उत्तरमा पर्छ ।

