फागुन २९, एजेन्सी । इरानको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा परि २ अमेरिकी र १ बेलायती सैनिकको मृत्यु भएको छ । बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा उक्त आक्रमण भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
शिविरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत पुर्याइरहेका छन् । अमेरिकी नेतृत्वको यस गठबन्धन एक विज्ञप्ति जारी गर्दै तीन कर्मचारी को मृत्यु भएको र अन्य १२ जना घाइते भएको बताइएको छ ।
२ अमेरिकी र १ बेलायती नागरिकको मृत्यु भएको एक अमेरिकी अधिकारीले एएफपीलाई बताएक छन् । यो आक्रमण लगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युद्ध निरिक्षण गरिरहेको एक मानव अधिकारबादी समूहले जनाएको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको बिरोध गरेका छन्् ।

