अस्पतालको सेवा चुस्त बनाउन निर्देशन

फागुन २८, काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो ।

प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उहाँको जोड थियो । अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआइपी डिलक्स, ओपिडी, इमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आइसियु, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्डको निरीक्षण गर्नुभएको थियो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता सङ्गठनको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो ।

प्रहरी महनिरीक्षक ज्ञवालीले रोगको पहिचान र मानवीय संवेदनासँग जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.