‘जबसम्म हामी विश्वस्त हुदैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं ’– डा. दिब्या सिंह

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन अस्पतालमा राखिने भएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि उनी सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई अझै केही दिन अस्पतालमा राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘प्रधानमन्त्रीज्यू त तुरुन्तै जान चाहनुहुन्छ । तर, परिवारले तयारीका लागि केही दिन समय माग्नुभएको छ’ डा. दिब्या सिंहले भनेकी छन्, ‘जबसम्म हामी विश्वस्त हुदैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं ।’

यद्यपि, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएकाले चाँडै डिस्चार्ज हुने सम्भावना रहेको उनले बताइन् । डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली विस्तारै काममा फर्किन सक्नेछन् । तर, सामान्य मानिसजसरी पूर्णरुपमा सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्नेछ ।

प्रधानमन्त्रीका निजी चिकित्‍सकसमेत रहेकी डा. दिव्याले मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, रुखाखोकी वा अरु संक्रमण भएकाहरुसँग टाढा बस्नुपर्छ । र, साधारण मान्छे जसरी सक्रिय हुन ६ महिना वा एक वर्षसम्म लाग्न सक्छ ।’ डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सात जना सर्जन संलग्न भएको जानकारी दिए । उनले भने, ‘टिम नभएसम्म सम्भव थिएन, त्यो टिम शिक्षण अस्पतालमा छ ।’

डा. सिंहकाअनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपूर्व सबै कानूनी प्रक्रिया समेत पूरा गरिएको छ ।अरु अस्पतालमा जस्तै शिक्षणमा पनि वकिल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको समिति रहेको र त्यसले नाता प्रमाणितको कागजात हेरेको भन्दै उनले भनिन्, ‘अरुको जसरी प्रोसेस गरिन्छ, प्रधानमन्त्रीज्यूको पनि त्यसरी नै गरिएको छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.