ललितपुर महानगरले आफै मास्क उत्पादन गर्दै

फागुन २६, काठमाडौं । पछिल्लो समय विश्वव्यापी प्रकोपको रुपमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल पनि यसको उच्च जोखिममा रहेकाले कोरोना फैलिन नदिन विभिन्न तरिकाबाट पुर्वतयारी भइरहेको छ ।

कोरोनाको प्रभावले बजारमा सर्जिकल मास्कको कृतिम अभाव बनाएर कालोबजारी बढेको छ । यसरी कालोबजारी बढी बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्न शुरु गरेको छ । सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार मास्क उत्पादन थालिएकाले चाँडै मास्क वितरण गरिने ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनका अनुसार महानगरले वडाका महिलालाई सिलाइको तालिम लिएकाले तालिम प्राप्त महिलाले सिलाई छाडेर मास्क उत्पादन गर्ने छन । उनले भने ‘अहिले बजारमा मास्क अभाव भइ कालोबजारी भएकाले यो रोक्नको लागि मास्क उत्पादन गर्न लागेको छौं ।’

त्यस्तै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिमबाट टाढा रहन साबुन पानीले नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक कान र मुख छोप्न, नमस्कार गर्न, माछा, मासु र अण्डा राम्रो सँग पकाएर खाना समेत महानगरले अनुरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.