गभर्नर नियुक्ति: प्रधानमन्त्री डिस्चार्जपछि छनोट समिति बन्ने

फागुन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएपछि छनौट समिति बनाउने भएको छ ।

सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरिरहेका बेला सरकारले यस्तो जनाएको हो । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपरण सफल भएकाले उनी आगामी चाडै डिस्चार्ज हुँदैछन् । उनी डिस्चार्ज भएलगत्तै मन्त्री परिषद्ले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजनकत्वमा छनोट समिति गठन गर्नेछ ।

हालका गभर्नर डा. चिरन्जीबि नेपालको पाँच वर्षे कार्यकाल आगामी चैत ५ गते सकिँदैछ । राष्ट्र बैंकको १७ औँ गभर्नरका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी,राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, पूर्वअर्थ सचिव डा. राजन खनाल आकांक्षीको रुपमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.