घुस दिनेलाई कहिकतैवाट पनि नछाेड्ने : कंलकी ट्राफिक

फाल्गुन २६, काठमाडौँ । मादक पदार्थ सेवन गरि सवारी साधन चलाई कारबाही नगर्न भन्दै ट्राफिक प्रहरीलाई पाँच हजार घुस दिने व्यक्ति पक्राउ परेका छन् ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रमुख पुरूषोतम कार्कीले श्रेष्ठले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको बताए ।

कंलकी चोकमा डिउटी मा खटिएका प्रहरी जवान रमेश गुडालले खैरो रङ्गको बा ५ च ९०५१ नम्बरको किया गाडीलाई शंका लाई चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालकले मापसे सेवन गरि गाडी चलाएको हुदा उक्त चालकलाई कारवाही गर्न खोज्दा उक्त चालकले कारवहि नगर्नुस बरू ३ हजार लिनुस भनी चेक जाँचखटिएका प्रहरी जवान रमेश गुडाललाई ३ हजार रूप खोजेको तर सो रकम लिन प्रहरीले जवानले ईनकार गरेपछि आवश्यक कारवाहीका लागि उक्त गाडी र चालक कंलकी चोकवाट कंलकी ट्राफिक कार्यालय तर्फ प्रहरी जवान दिपक कुमार विकलाई जिम्मा लगाई पठाउदा विच वाटोमै मलाई छाडिदिनुस म थप दुई हजार दिनेछु भनी रू पाँच हजार प्रहरी जवान दिपक कुमार विकलाई दिन खोज्दा निज जवानले समेत सो रकम लिन ईनकार गरि उक्त चालक र सवारीसाधन लाई कानुन बमोजिम कारवाही गर्न पठाईएको कंलकी ट्राफिक प्रहरी प्रमुख पुरूषोतम कार्कीले बताए ।

यसरी डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पार्ने कोहि कसैलाई पनि नछाड्ने र कानुनि दायरामा ल्याउने कंलकी ट्राफिक प्रमुख कार्कीको भनाई छ ।

ट्राफिक प्रहरीले कसैसँग पनि हात फैलाएका छैनन उल्टै सडक गुड्ने सवारी साधनहरूले आफ्नो कमजोरी लुकाउनकोलागि र आफ्नो सहजताको लागि ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने प्रयास गर्छन र यसरी आफ्नो सहजताको लागि ट्राफिक प्रहरी लाई प्रलोभनमा पार्न खोज्ने जोकोहिलाई पनि नछाड्ने भनी आफ्ना प्रहरी कर्मचारीलाई समेत कंलकी ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरूषोतम कार्कीले निर्देशन दिदै आएका छन् । यस अघि वाटोमा खटिएका ट्राफिक प्रहरीहरूलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने विभिन्न चालक र सहचालक गरि करिव २० जना भन्दा वढिलाई कानुनि दायरमा ल्याई कारबाही समेत गरि सकेको छ कंलकी ट्राफिकले । यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.