फागुन २५, काठमाडौँ । सकारात्मक विकास सञ्चार केन्द्रले विश्व सम्पदा सूचिकृत बौद्ध स्तूपबाट नारी दिवसको शन्देस दिएको छ ।
११० औँ अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सञ्चार केन्द्रले देश विदेशमा रहेका नेपाली नारीहरुको आत्म रक्षाको कामना सहित आफ्नो अधिकार सुनिश्चितता गर्न शान्तिको कामना गरेको छ ।

उज्यालो परिवारमा नारीः सधैभरी अगाडी, लैंगिक समानताका लागि नारीलाई समान अवसर, नारी संसारको सृष्टिकर्ता, जीवनको रंग नै आमा हुन् लगायतको शन्देश प्रवाह गर्दै कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक कार्य अध्ययनरत विद्यार्थी र युवाहरुको सहभागीतामा लैंगिक विभेद अन्त्य गर्न नारी र पुरुष दुबैको कर्तव्य रहेको अभियानमा सचेतना सहितको प्लेकार्ड प्रर्दशन गरेको छ । घरेलु हिंसाको जड पनि लैंगिक विभेद रहेको भन्दै स्कूल, कलेज अध्ययनरत विद्यार्थी तथा हरेक युवाले लैंगिक समानताबारे चेतनाको शन्देस पु¥याउनुपर्ने अभियानको उद्देश्य रहेको सहसचिव रविराज रिमालले बताए ।

कार्यक्रममा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भिम लामाले नेपालमा कानुनी रुपमा नारी अधिकारको सुनिश्चितता भए पनि त्यसको व्यवहारमा लागु गर्न नसकेको राजनीतिक दलहरुलाई दोष दिएको छ । अझै पनि राजनीतिक दलहरुले महिला नेतृत्वलाई समावेशीको रुपमा मात्र हेरिएको र प्रत्यक्ष सहभागीतमूलक नेतृत्व प्रदान गर्न नसकिएको बताए । सञ्चार केन्द्रका अध्यक्ष लामाले संघीय संरचनानुसार तीन तहको सरकार निर्माण भईरहदा जनप्रतिनिधिको हिसावले महिलालाई दोस्रो दर्जाकै रुपमा राखेर नारीमाथी अपमान गरेको आरोप लगाइएको छ । कानुनसंम्वत भएपनि व्यवहारिक अभ्यास नपुग्दा नारीहरुको सहभागीता फितलो भएको र सामाजिक तथा आर्थिक क्षेत्रमा चाहे जति परिवर्तन ल्याउन नसकेको बताए ।

