कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिए

काठमाडौँ । नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ ९१०० (ग) बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन्।

थपिएका केन्द्रीय सदस्यमा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी सिराहा, भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी, गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया) छन्। त्यस्तै योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.