प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल

फागुन २१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफल भएको छ ।  मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।

डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा.ज्ञवालीले जनाएका छन । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान  १० बजे शल्यक्रिया कक्षमा लगिएको थियाे। चिकित्सकले  मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

वि.स. २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.