सन्दीपको अर्को सफलता, एसिया ११ को टिमबाट खेल्दै

फागुन १३, काठमाडौँ । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले बंगलादेशमा हुने टी–ट्वान्टी खेलका लागि एसिया–११ को टिमबाट खेल्ने भएका छन् ।

ढाकामा मार्च १८ र २१ मा हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले एसिया ११ टिमको घोषणा गरेको हो । टिममा १४ खेलाडीको नाम समावेश छन् । ति मध्ये एक हुन् सन्दीप । टोलीमा भारतका कप्तान बिराट कोहलीसमेत रहेका छन् ।

एसिया ११ मा भारतबाट ६ जना खेलाडी रहेका छन् भने बाँकी ८ जना अन्य देशबाट रहेका छन् । टोलीमा सन्दीपसंगै विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदिप यादब, शिखर धवन, तामिम इकबाल, लिण्टन दास, मुस्फिकर रहमान छन् । यस्तै, तिसरा फरेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासित मालिंगा, मोहमद शामी र मुजिब उर रहमान छन् ।

विश्व ११ को टोली

एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पुरान, रोस लेलर, जोनी बेरिस्टो, किरन पोलार्ड, अदिल राशिद, सेल्डोन कोट्लर, लुङ्गी निग्डी, आन्द्यु टाइ, मिचेल म्याकक्लिनगान रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.