लाजिम्पाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

फागुन ११, काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा निःशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ ।

खुर्सानीटार टोल सुधार समाजले शनिवार आयोजना गरेको उक्त शिविरमा करिव ३१० जनाले स्वास्थ्य परिक्षण तथा उपचार गरेका छन् । एस.एफ.एस. इन्टरनेश्नल, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सामुदायिक प्रहरी सेवा निलसरस्वतीको सहकार्यमा भएको सो कार्यक्रममा प्रदेश सासद नारायण सिलवालको प्रमुख आतिथ्यतामा विभिन्न संघसंस्था र नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।

स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद नारायण सिलवालले स्वास्थ्य मानव जीवनको संवेदनशील वस्तु भएको स्वास्थ्यमाथी खेलबाड नगरी समय–समयमा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने बताए । सांसद सिलवालले स्वास्थ्य बिग्रिनु अगाडी नै सर्तकता अपनाउनु महत्वपूर्ण कुरा रहेको बताउँदै रोगबाट संक्रमण हुनु अगाडी नै नजिकैको स्वास्थ्यचौकी वा अस्पताल गई स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्नुपर्ने बताए ।  सामाजिक तथा मानवसेवा भावले सञ्चालन गरेको स्वास्थ्य शिविरले महिला, बालबालिका जेष्ठ नागरिकहरुलाई सहज हुने कार्य गरेकोमा सांसद सिलवालले खुसी व्यक्त गरे । टोल सुधार समाजले समाजमा अपराध न्यूनिकरणका गतिविधिमा समेत महत्वपूर्ण कार्य गराउँदै आएको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायव उपरिक्षक रन्जन दाहालले स्वास्थ्य शिविरमा प्रहरीको सहकार्य रहदै आएको र स्वास्थ्य परिक्षणमा सेवा लिना आउनेहरुलाई अपराध कार्य न्यूनिकरण सम्बन्धी सचेतना गराउने उद्देश्य रहेको बताए । उनले समाजमा लागू औषध दूव्र्यसनीबाट मुक्त गराउन र घरबाट सिर्जना हुने अपराधलाई रोक्ने प्रयासको अभ्यासको रुपमा जनस्तरबाट हुने र सामाजिक संघसंस्था समूहको अगुवाईमा हुने कार्यक्रममा नेपाल प्रहरीको सकारात्मक भूमिका तथा सहयोग गराउँदै आईरहेको बताए ।

नेपाल–भारत मैत्री हस्पिटल र एजिङ केयर एण्ड रिह्यावलिटेशन सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा स’गर, नसा सम्बन्धि, ब्लडप्रेसर, दाँत, दम र हाड जोर्नी लगायतका रोगीहरुलाई निःशुल्क सेवा प्रदान गरिएको खुर्सानीटार टोल सुधार समाजका अध्यक्ष विनोद मास्केले जानकारी दिए । सुधार समाजले सामाजिक तथा मानवीय कार्य संगै समाजमा हुने विकृति विसंगति विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको अध्यक्ष मास्केले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.