फागुन १०, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित वडा–१, गागलमा पाँचौँ कागेश्वरी महोत्सव सम्पन्न भएको छ ।
बाग्मति प्रदेश सरकार र कागेश्वरी नगरपालिकाको संयुक्त आयोजनामा फागुन ५, ६ र ७ गते महोत्सव सञ्चालन भएको थियो । पूर्व प्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बाग्मति प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, नगरपालिका प्रमुख कृष्णहरी थापा लगायत विभिन्न राजनीतिक दलका प्रतितिनिधिहरुको विशेष आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो ।
महोत्सवमा नेता नेपाल, मन्त्री फुयाँल र नगर प्रमुख थापाले सम्बोधन गरेका थिए । सम्बोधनमा पर्यटकीय नगरको रुपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्दै आवश्यक तयारीका लागि नगरवासी तथा आम नागरिकलाई सकारात्मक रुपमा सहयोग पु¥याउन आग्रह गरेका छन् ।

