फागुन १०, काठमाडौं। पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण हाल देशभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली कायमै रहने जनाएको छ ।
महाशाखाका अनुसार चापिय प्रणालीको प्रभावले पश्चिमीका केहि भू–भागमा हल्का वर्षा भैरहेको छ। पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, पुर्वी पहाडी भू(भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।

