कार्यदलले बुझायो एमसीसीबारे प्रतिवेदन

फागुन ९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको अध्ययन गर्न गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन शुक्रबार बुझाएको छ ।

कार्यदलको आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड समक्ष बुझाएको हो । कार्यदलको आज सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

पार्टीको गत माघ १५ देखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो । दश दिनको समय सीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.