‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ – सञ्चारमन्त्री

फागुन ८, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको दाबी गरेका छन् ।

बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’ बास्कोटाले सो अडियोको पुष्टि हुनुपर्ने बताए । बास्कोटाले भने, ‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’ मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि ।’

मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ । उनी बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.