नुरु शेर्पा ।
फागुन ५, खोटाङ । जिल्लाको उतरीक्षेत्रमा अव्यवस्थित ऎसेलुखर्क गाउँपालिका १ राखावङ्देल बाहने गाउँमा पहिलो पटक बाहाने पोखरी महोत्सव कार्यक्रम २०७६ आयोजना गरिने भएको छ । गाउँपालिकाकै सान अर्थात ऎतिहासिक महत्त्व बोकेको बाहाने गाउँलाई पर्यटन प्रबर्द्धन गर्दै थप प्रचारप्रसार गरि पर्यटकीय स्थल निर्माण गर्न प्रथम पटक गाउँलालिकाद्वारा पाँच दिने बाहाने पोखरी महोत्सव कार्यक्रम २०७६ आयोजना गर्न लागिएको हो ।
गाउँपालिककै शान बोकेको बाहाने गाउँमा विषेश गरि बौद्ध धर्मलम्बी शेर्पाहरुको बसोबास रहेको छ । यस बाहाने गाउँको नाम इतिहासलाई हेर्दा शेर्पा भाषा अर्थात साम्भोटा लिपीबाट नामकरण भएको पाइन्छ । शेर्पा भाषाबाट बाहानेको अर्थ (बाहा) भनेको लुकेको र (ने ) भनेको देउता अर्थात ठाँउ भनेर भुझिने स्थानीयको भनाइ रहेको छ । यस बाहाने गाउँमा पुरानो मठ,मन्दिर, देवीदेवताका थानहरु, छहरा, डाडा, पाखा धार्मिक दृष्य, पोखरी तथा जनावरका आकृतियुक्त ढुंगाहरुको अवलोकन सङ्गै परम्परागत शेर्पा संस्कृति, समेत अवलोकन गर्न सकिने छ ।
यस गाउँमा हुने पाँचदिने बाहाने महोत्सव कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले गरिने बाहाने पोखरी महोत्सव कार्यक्रमका संयोजक गृहबहादुर राइले जानकारी दिए । बाहाने पोखरी महोत्सव कार्यक्रम फागुन १३ गतेदेखि १७ गते सम्म लाग्ने आयोजकले बताएको छ । कार्यक्रममा राष्ट्रियस्तरीय कलाकारहरुको समेत उपस्तिथि हुने र कार्यक्रमको प्रारम्भ अर्थात स्वागत नृत्य शेर्पाहरुको परम्परागत संस्कृति शेर्पा नाच श्यब्रुबाटा गरिने भएको छ । उक्त बाहाने पोखरी महोत्सव कार्यक्रममा कृषि प्रदर्शनी मेला ,झाक्री प्रदर्शनी मेला ,विभिन्न जातजातिका संस्कृतिक कार्यक्रम र विभिन्न संगितिक मेला समेत रहने भएको छ । प्रथम बाहाने महोत्सव २०७६ कार्यक्रममा विभिन्न खेलकुद समेत आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय परिकारका खाने कुराहरुको पनि प्रतिस्पर्धा रहेको मुल आयोजक समितिको भनाइ छ ।

प्रथम बाहाने महोत्सव कार्यक्रमले ऎसेलुखर्क गाउँपालिक राखावङ्देल १ बाहाने गाउँमा प्रचारप्रसार हुने र पर्यटन स्थल निर्माण सङ्गै बाहाने गाउँ पर्यटन प्रबर्द्धन हुने गाउँपालिकको अध्यक्ष भनाइ रहेको पाइन्छ। नेपालमा रहेको कतिपय ठाँउहरु धेरै बन्द धेरै सुन्दर छ्न तर प्रचारप्रसारको कमिले पर्यटकीय सम्भावना बोकेर ठाँउहरु आजै ओझेलमै परेको देखिन्छ । स्थानीय सरोकारवालाहरुले चासो र लगानी बढाउन नसकेका कारण पनि कतिपय पर्यटकिय स्थलहरु माथी उठ्न नसकेको पाइन्छ भने कतिपय ठाँउमा पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण पनि नेपालको पर्यटकीय ठाँउहरु विकासबाट ओझेलमा परेको देखिन्छ ।
प्राकृति संरचनाहरु समेत बाहने गाउँमा अवलोकन गर्न सकिने बाहाने गाउँमा रहेको पोखरीबाट खोटाङ जिल्लाको अधिकांश स्थान र छिमेकी जिल्लाहरु ओखलढुंगा ,सोलुखुम्बु, भोजपुर,उदयपुर जिल्लाहरुको अवलोकन गर्न सकिन्छ। यस बाहाने गाउँ रहेको पोखरामा जनैपूर्णिमा, मंसिर पूर्णिमामा र भदौरे पुर्णिामा धामी झाँक्री सहितका दर्शनार्थीहरुको उपस्थितीमा ठूलो मेला लाग्ने गर्दछ । पोखरीको पुर्बतर्फ शंख ढुंगा, नाग ढुंगा, पश्चिम तर्फ बौद्ध धर्मलम्बीहरुको बौद्ध चैत्री स्तुपाहरु र केही माथि अन्य आकृतिका संरचनाहरु रहेको छ । पोखरी आसपासमा चौरी र याक समेत पाइने गरिएको पाइन्छ ।बाहाने पोखरी समुद्री सतह देखि करिब २८०० मिटर आग्लो डाँडामा ४०० मिटर क्षेत्रफलमा रहेको पाइन्छ।यस बाहाने गाउँलाई अर्गानिक कृषि प्रमाणीकरण समेत घोषित ठाँउ रहेको छ ।

