माघ १९, काठमाडौं । उच्च अदालत पाटनले बालुवाटार प्रकरण मुद्दासँग सम्बन्धित फाइल मगाएको छ ।
आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलाशले बालुवाटारकाण्डसँग जोडिएका पाँच वटा फाइल मगाउने निर्णय गरेको हो । आदेशमा मन्त्रिपरिषदको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन भनिएको उच्च अदालत स्रोतले जानकारी दिएको छ ।
उच्च अदालत पाटनले बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गासँग जोडिएको मुद्दामा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध दायर भएको मुद्दामा फाइल झिकाउने आदेश गरेको हो ।

