नेकपा उपाध्यक्षमा बामदेव गौतम

माघ १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतम भएका छन् । महासचिव विष्णु पौडेलले आइतबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् ।

गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।  सचिवालयको उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पारित गरेको हो । नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.