सर्जक कुमार स्याङबोको फिल्फिल जाम सार्वजनिक

भक्तपुर । तामाङ साँगीतिक इतिहाँसमा हजार भन्दा बढि गीत रचना गरी रेकड गराई सकेका कुमार स्याङ्वाको गीती इतिहाँसमा अर्को खुड्कीला थपिएको छ ।

उनको रचनामा फिल्फिल जामा बोलको अर्को तामाङ दोहोरी ब्याटल सार्वजनिक भएको हो । लामो समय देखि आफ्नो साँगितिक दुनियाँमा आफ्नो रचनाहरु दिँदै आउनु भएका रचनाकार स्याङ्वोको फिल्फिल जामा बोलको दोहोरी गीतमा संगीत चर्चित गायक तथा संगीतकार विशाल काल्तानले दिनुभएको छ भने लामो समय देखि गायन क्षेत्रबाट पर रहनु भएका गायक विरे तामाङ (प्रकाश ) पुन साँगितिक दुनियाँमा फर्कनु भएको छ भने उहाँलाई साथ जितु लोप्चानले दिनु भएको छ । गीतको भिडियोको निर्देशन प्रतिक ङ्यासुरले गर्नुभएको हो भने उक्त भिडियोमा नायक कुमार मोक्तान र निराञ्जली लामा सँगै विभिन्न कलाकारहरुको रोमाञ्चक अभिनय देख्न सकिन्छ । भक्तपुरको पाण्डुबजारमा आयोजित पत्रकार सम्मेलनमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियो सार्वजनिक वरिष्ठ संगीतकार तथा गायक तामाङ सेलो सम्राटबाट चिनिनुहुने चन्द्र कुमार दोङले गर्नुभएको हो भने उहाँलाई नेपाल तामाङ कलाकार संघकम अध्यक्ष सञ्जीव वाईवा,नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, चर्चित गायिका जितु लोप्चान, जम्बुलिङ तामाङ समाजका अध्यक्ष बिशाल योञ्जन ,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा राष्ट्रिय तामाङ घेदुङका सञ्चार प्रमुख कर्मा लामा, रचनाकार कुमार स्याङवा, नायिका रोशनी ब्लोन, गायक जगत घिसिङ, कलाकर्मी असमान वाईवा, मोडल हिरालाल ह्योल्मो, रचनाकार ज्ञानदश तामाङ, गायक विहिन दोङ लगायतका अतिथिहरुले साथ दिनुभएको थियो । सार्वजनिक भएको भिडियो भक्तपुरमा नै छायांकन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.