पुस २२, काठमाडौँ । मनोरोञ्जनात्मक शैली र बजारको बास्तबिक मागको भाब बोकेको तिम्रै माया बोलको गीत सार्बजनिक भएको छ ।
गीतमा स्वर, संगीत, संगीत संयोजन बाबुल गीरीको रहेको छ भने लोक राईको शब्द रहेको छ । फुर्बा पाख्रिन तामाङ र नरेस बिबिसिले कोरस भोकलमा साथ दिंदा ए प्लस रेकडिङ्ग स्टुडियोमा साजन शाहले मिक्सीङ गरेका छन । भिमफेदी ग्रुपको भिडीयोमा गायक स्वयम बाबुल गीरी र अलिसा शर्माको अभिनय देख्न सकिन्छ भने पवन सुस्लीङले भिडीयो छायांकनको पाटो सम्हालेका छन । लोकपृय संगीत योग्य यस सृजनाको निर्माता भने तिर्थ राई रहेका छन ।
सोही गीत मार्फत बाबुल गीरीले आफ्नो अभिनय कलालाई समेत बलियो ढङ्गबाट प्रस्तुत गरेको देखिन्छ । गीतले एक प्रेमी र प्रेमिका बिचको मायाको ब्यक्त रुपको बर्णन गरेको छ । सार्बजनिक भएको केही समयमै गीतको लोकपृयता ह्वात्तै बडेको पाईन्छ ।

